लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीमा आजबाट निषेधाज्ञा सकिँदै

IMG

तिलोत्तमा सिटी,३२ साउन २०७८,सोमबार। रुपन्देहीमा जारी निषेधाज्ञा आज राति १२ बजेबाट सकिदैँ छ । सोमबार दिउँसो ४ बजेबाट डिसीएमसीको बैठक बसेर निषेधाज्ञाका बारेमा निर्णय गर्ने जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।‘आज दिउँसो ४ बजे बैठक बस्दै छ ।’ प्रमुख जिल्ला अधिकारी तामाङका अनुसार ‘कोरोना संक्रमणको जोखिम पनि बढिरहेको छ, अब के गर्ने भनेर बैठकले निर्णय गर्ने छ ।’ हरितालिका तीज नजिकिदै गरेको र होटेल तथा पार्टी प्यालेसमा भिडभाड बढ्न नदिन केही कडाई गर्ने सम्भावना समेत रहेको छ ।

कमेन्ट गर्नुहोस्