लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पाल्पामा जीप दुर्घटना: नाै घाइते मध्ये तीनजनाकाे अवस्था गम्भीर

IMG

तिलोत्तमा सिटी,३२ साउन २०७८,सोमबार। पाल्पाको बाँसटारी हुँदै दमकडा सराइतर्फ जाँदै गरेको लु १ ज २९९२ नम्बरको जीप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । सोमबार बिहान काठमाडौँबाट आएको जीप बिहान १० बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनामा परी तीन गम्भीर सहित नौ जना घाइते भएका छन् ।उनीहरूको उद्धार गरि उपचारका लागि लुम्विनी मेडिकल कलेज प्रभासमा पठाईएको प्रभास प्रहरी चौकीका प्रमुख भरत थापाले जानकारी दिए। घाइतेको पहिचान खुल्न सकेको छैन ।

कमेन्ट गर्नुहोस्