लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

४ वर्षकी बालिका बलात्कारको आरोपमा युवक पक्राउ

IMG

तिलोत्तमा सिटी,३० साउन २०७८,शनिबार। लुम्बिनी प्रदेशको गुल्मीमा ४ बर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पुरुष पक्राउ परेका छन् ।जिल्लाको कालीगण्डकी गाउँपालिका–७ भुर्तुङ निवासी ३६ बर्षीय पुरुषले नाबालिकालाई जबरजस्ती करणीको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।आरोपित पुरुषलाई शुक्रबार बेलुकी पक्राउ गरी जिल्ला प्रहरी कार्यालय गुल्मीमा ल्याइएको पाण्डेले बताए । आरोपित पुरुषले साउन २८ गते जबरजस्ती करणी गरेकोे भनी पीडित परिवारले भुर्तुङमा प्रहरी चौकीमा उजुरी दिएको थियो ।प्रहरीले पीडित नाबालिका र आरोपित पुरुषको नाम गोप्य राखेको छ ।

कमेन्ट गर्नुहोस्