
तिलोत्तमा सिटी, २९ साउन २०७८, शुक्रबार ।पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका झण्डै ४ हजार नयाँ संक्रमित थपिएका छन्। १८ हजार ५८२ नमुना परीक्षण गर्दा ३ हजार ९१५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसमध्ये पीसीआर परीक्षणबाट २ हजार ७६३ जनामा संक्रमण देखिएको छ ।
एन्टिजेन परीक्षण गर्दा १ हजार १५२ जनामा संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामै २ हजार ११८ जना संक्रमित निको भएका छन् । यसै अवधिमा २७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा १० हजार २३९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।आज सक्रिय संक्रमितको संख्या ३८ हजार ७९८ पुगेको छ ।
कमेन्ट गर्नुहोस्