
तिलोत्तमा सिटी, २८ साउन २०७८, बिहिबार । रोटरी क्लब अफ मणिग्रामको पाँचौ पदस्थापन कार्यक्रम तथा रोटा बर्ष २०२१/२२ का लागि निर्वाचित पदाधिकारीहरुको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । क्लबका नव निर्वाचित अध्यक्ष केशवप्रसाद न्यौपानेको अध्यक्षता र रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का नोमिनी डिष्ट्रिक गभर्नर राजेन्द्र प्रसाद ध्वजुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अध्यक्ष न्यौपानेलाई प्रमुख अतिथिले सपथ खुवाएका थिए । सोहि अवसरमा क्लबका बर्ष २०२१/२२ का निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई अध्यक्ष न्यौपानेले सपथ गराए । समारोहमा क्लबका नयाँ सदस्यहरु गोविन्द ज्ञवाली, भीमबहादुर आले र लक्ष्मी थापालाई क्बलका असिस्टेण्ट गभर्नर भगवती पाण्डेले परिचित गराउनुका साथै सपथ समेत गराएकी थिईन् । कार्यक्रममा बोल्दै रोटरी क्लबका नोमिनी डिष्ट्रिक गभर्नर ध्वजुले क्बलले रोटरीयनका बीचमा भन्दा गैर रोटरियनका बिचमा कार्यक्रम विस्तार गर्न जोड दिए । स्वार्थभन्दा माथि सेवा भन्ने मूल मन्त्रलाई सार्थक बनाउन दिगो परियोजना शुरु गर्न सुझाव दिदै उनले क्लबलाई नयाँ भनेर लक्षित बर्गमा जाने छुट नभएको उल्लेख गरे ।
रोटरी इन्टरनेशनलको गोललाई पुरा गर्न सबै क्लब र सदस्यहरुले ध्यान दिनुपर्ने बताउँदै प्रमुख अतिथि ध्वजुले यस क्षेत्रका क्लबहरुमध्ये राम्रो काम गरेर देखाउन सुझाव दिए ।
रोटरी असिस्टेण्ट गभर्नर भगवती पाण्डेले क्लबका बार्षिक क्यालेण्डर र गतिविधि हेर्दा राम्रै काम गरेको भन्दै अझ उत्कृष्ठ काम गर्न सुझाव दिईन् । क्लबका सल्लाहकार लक्ष्मण ज्ञवालीले कोभिडलाई बहाना देखाएर क्लबका गतिविधि रोक्न र सामाजिक काम नगर्न नहुनेमा जोड दिदै सदस्य संख्या दोब्बर गर्न र सक्रियता देखाउन आग्रह गरे ।
कमेन्ट गर्नुहोस्