लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनीमा कुलप्रसाद केसी नेतृत्वको १० सदस्यीय मन्त्रिमण्डल बनाइने

IMG

तिलोत्तमा सिटी,२७ साउन २०७८,बुधबार। लुम्बिनी प्रदेशमा सरकार नबन्दै माओवादी र कांग्रेसबाटआलोपालो मुख्यमन्त्री बनाउने सहमति भएको छ । यस्तै नयाँ मन्त्रिमण्डल १० सदस्यीय बनाउने पनि सहमति सत्तासहकार्यका दलमा भएको हाे ।माओवादी नेता केसी ८ महिना र कांग्रेसका प्रमुख सचेतक वीरेन्द्र कनौडिया ८ महिना मुख्यमन्त्री हुने सहमति भएको कांग्रेसका दलका नेता बिरेन्द्र कनाैडीयाले नागरिक अनलाइनलाइ बताए।नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चालगायतको गठबन्धनबाट लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्न लागेका कुलप्रसाद केसी ‘सोनाम’को मन्त्रिमण्डल १० सदस्यीय हुने भएको हाे।


माओवादीले मुख्यमन्त्रीसहित ३ मन्त्रालय र कांग्रेसले आन्तरिक मामिला तथा कानुन मन्त्रालयसहित तीन मन्त्रालय लिने सहमति भएको माओवादी एक नेताले बताए ।अरु बाँकी रहेका चार मन्त्रालय गठबन्धनमा भागबण्डा हुने भएको छ। गठबन्धनका केसीको पक्षमा कुल ४१ सांसद छन्। जसमा कांग्रेसबाट १९ जना माओवादीबाट १८ जना, जसपाबाट ३ जना र जनमोर्चाबाट १ जना छन्।

कमेन्ट गर्नुहोस्