लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

थप ३४८१ जनामा कोरोना संक्रमण पुष्टि, ३० जनाको मृत्यु

IMG

तिलोत्तमा सिटी,२७ साउन २०७८,बुधबार। पछिल्लो २४ घण्टामा नेपालमा ३४८१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घन्टामा देशभर १० हजार ९०७ आरटी पिसिआर र ५ हजार ७४९ एन्टिजेन गरी कुल १६ हजार ६५६ जनामा परीक्षण गरिएकोमा ३ हजार ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार संक्रमितहरूमध्ये ३४ हजार ८१३ जना होम आइसोलेसनमा, ३ हजार २२० संस्थागत आइसोलेसनमा र ३९९ जना क्वारेन्टिनमा रहेका छन् ।


यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ७९६ जना र भेन्टिलेटरमा १८४ जना उपचाररत छन् । मन्त्रालयका अनुसार बुधबार देशभरबाट १८८५ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ६ लाख ७५ हजार ८३ पुगेको छ। निको हुने दर ९३.४ प्रतिशत छ।पछिल्लो २४ घन्टाको अवधिमा ३० जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार १८० पुगेको छ ।

कमेन्ट गर्नुहोस्