लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सिद्धबाबा नजिक स्कार्पियो खस्यो,चार घाइते,एक गम्भीर

IMG

तिलोत्तमा सिटी,२६ साउन २०७८,मंगलबार। बुटवल-पाल्पा सिद्धार्थ राजमार्गको तिनाउ -गाँउपालिका ३ दाेभान हेडबक्सनजिकबाट स्कार्पियो तिनाउ नदीमा खस्दा ४ जना घाइते भएका छन् ।पाल्पाबाट बुटवलतर्फ आइरहेको बा १८ च ७३३६ नम्बरको स्कार्पियो तिनाउमा खसेको दाेभान प्रहरीले जनाएको छ । माथिबाट  खसेको पहिराे सहितको ढुंगाले सडकमा गुडिरहेकोस्कार्पियोलाई खाेलामा खसालेको हाे ।


दुर्घटनामा परि तिनाउ ३ झुम्साका ५४ बर्षिय बाबुराम पाण्डेय,२२ बर्षिय बिनाेद पाण्डेय,१८ बर्षिय अमित पाण्डे र ४२ बर्षिय ग‌ंगा दराइ घाइते छन् । उनीहरु मध्ये  ५४ बर्षिय बाबुराम पाण्डेयको अवस्था भने गम्भीर रहेको छ ।ओम प्रकाश पाण्डेको स्कार्पियो गाडी दुर्घटनामा परेको स्थानीय सरस्वती पन्थ लम्सालले बताउनुभयो । घाइते चारै जनाको बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार शुरु भएको छ ।

कमेन्ट गर्नुहोस्