लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

"म कसैको पक्षमा छैन संविधानत: काम गर्छु": प्रदेश प्रमुख शेरचन

IMG

तिलोत्तमा सिटी,२४ साउन २०७८,आईतबार। लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले संविधान र सुशासनलाई केन्द्रमा राखेर अघि बढ्न आग्रह गरेका छन् । उनले राजनीतिक दल तथा नेताहरुलाई संवैधानिक तवरले र सञ्चारकर्मीहरुलाई स्वतन्त्र र निष्पक्ष भएर अघि बढ्न सुझाएका छन् । आइतबार रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशको तेस्रो स्थापना दिवसको अवसरमा ‘आयोजित स्मारिका विमोचन तथा सम्मान कार्यक्रममा बोल्दै प्रदेश प्रमुख शेरचनले मुलुकको विकास र समृद्धिको लागि सञ्चारकर्मी र सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेको बताए । उनले आफूहरुका कमी कमजोरीलाई औल्याई दिन समेत आग्रह गरेका छन् । हालै प्रदेश प्रमुख नियुक्त भएका शेरचन पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी भएका हुन् ।



उनले आफूलाई पार्टीको सदस्यको रुपमा नलिई दिन आग्रह समेत गरे । उनले भने, ‘म कुनैपनि पार्टीको सदस्य छैन । न त म सत्ता पक्षको पक्षमा छु न त प्रतिपक्षको पक्षमा छु । म संविधानअनुसार काम गर्छु ।’ उनले लुम्बिनी प्रदेशमा पछिल्लो समयमा भइरहेको राजनीतिक अस्थिरतालाई सहकार्य, सम्वाद र सहमतिबाट हटाउनु पर्ने बताउँदै यदि त्यसो नभएमा संवैधानिक रुपले अघि बढ्ने संकेत गर्दै प्रतिपक्षी र सत्तारुढ दललाई सहकार्य गरेर अगाडि बढ्न सुभाव दिए ।


आफूले अन्तरिम संविधान निर्माणमा सहमति गरौं भनेर प्रस्ताव राखेको सम्झना गर्दै मुलुकको विकास निर्माणमा सबै एकजुट हुन सुझाव दिएका हुन् । प्रदेश प्रमुख शेरचनले सञ्चारकर्मीहरुलाई स्वतन्त्र भएर कलम चलाउन आग्रह गरेका छन् । उनले कसैको प्रलोभनमा नपरि कलम चलाउँन आग्रह गर्दै संविधानले कलमजिवीलाई निर्धक्क रुपमा कलम चलाउन वातावरण दिएको बताए ।


कमेन्ट गर्नुहोस्