लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बिष्णु पौडेल परिवारबाट ललिता निवासको जग्गा किन्ने मान्छे तनावमा,जग्गा फिर्ता नगरेको खुलासा

IMG

तिलोत्तमा सिटी,२२ साउन २०७८,शुक्रबार। नेकपा एमाले उपमहासचिव विष्णु पौडेलले बालुवाटारस्थित ललिता निवासको सबै जग्गा फिर्ता नगरेको पाइएको छ । बालुवाटारस्थित ललिता निवास काण्डमा मुछिएपछि जग्गा फिर्ता गरेर उन्मुक्ति पाउनुभएका एमाले उपमहासचिव पौडेलले  ३–३ आनाका दुई कित्ता भने कारोबार गरेको खुलेको हो। सरकारी जग्गा लिएको आरोप लागेपछि छोरा नवीनको नामको रहेको ८ आना जग्गा पौडेलले सरकारलाई नै फिर्ता गर्नुभएको थियो । उच्च जानकार स्रोतले बताएअनुसार नवीन पौडेलको नाममा रहेको ८ आना जग्गा सरकारलाई नै फिर्ता गरेर मुध्दा मामिलाबाट जोगिएको पौडेल परिवारले ललिता निवासभित्रकै अर्को दुई कित्ता जग्गा भने गोरखाकी नुतन श्रेष्ठलाई बेचेको हो ।


जनआस्था साप्ताहिकका अनुसार पौडेलकी श्रीमतीको नाममा रहेको ३ आना र छोरा नवीन पौडेलको नाममा रहेको ३ आना जग्गा श्रेष्ठले किन्नुभएको हो ।गोरखा माइती भएकी नुतन अहिले विदेश रहनुभएको छ । पौडेल परिवारको नाममा रहेको ६ आना जग्गा किन्दा दिदी फसेको नुतनकी बहिनी इन्दु सिंहले गुनासो गर्नुभयो । उक्त जग्गामा अहिले अढाई तले घरसमेत बनिसकेको छ । करोडौँ हालेर किनेको जग्गा विवादित भएपछि नुतन तनावमा हुनुहुन्छ । पौडेलले भने जग्गा प्रकरणमा आफूसमेत फसेको बताउँदै आउनुभएको छ । यसअघि उहाँले उक्त जग्गा डा शोभाकर ढकालबाट किनेको र सरकारी जग्गा भन्ने थाहा नपाएको बताउनुभएको थियो । जनतासमाचारमा यो समाचार प्रकाशित छ।  

कमेन्ट गर्नुहोस्