लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एकैदिन ३७२९ सङ्क्रमित थपिए, ३५ जनाको मृत्यु

IMG

तिलोत्तमा सिटी,२२ साउन २०७८,शुक्रबार। एकैदिन आज तीन हजार ७२९ जनामा कोभिड-१९ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १५ हजार ६७५ मा गरिएको परीक्षणमा तीन हजार ७२९ मा सङ्क्रमण देखिएको पुष्टि भएको हो ।आज थपिएका सङ्क्रमितसँगै सङ्ख्या सात लाख ७७ हजार ५८९ पुगेको छ । सक्रिय सङ्क्रमित ३४ हजार ९४२ जना रहेका छन् । काठमाडौँ उपत्यकामा आज ७०१ जनामा सङ्क्रमण पुष्टि भएको छ । 


काठमाडाैमा ४७१, भक्तपुरमा ८३ र ललितपुरमा १४७ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।विगत २४ घण्टामा एक हजार ८८५ जना निको भई घर फर्किएका छन् । आजसँगै कुल ६ लाख ६५ हजार ५४८ जना निको भइ घर फर्किएका हुन् । नेपालमा निको हुने दर ९३.७ प्रतिशत छ । यस्तै विगत २४ घण्टामा कोभिडका कारण ३५ जनाको निधन भएको छ । अहिलेसम्म कुल १० हजार १९ जना सङ्क्रमणको कारणले निधन भएको हो ।


यसैगरी ७३२ जना सघन उपचार कक्ष (आइसियु), १५८ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । यस्तै ३१ हजार ४२७ जना होमआइसोलेसन, तीन हजार ५१५ जना संस्थागत आइसोलेसन, ३५६ जना क्यारेन्टिन रहेका छन् । विगत २४ घण्टामा एक लाख २० हजार ८९९ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्