लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

विद्युत् प्राधिकरणमा कुलमानलाई नियुक्त गर्न प्रधानमन्त्री देउवाको निर्देशन

IMG

तिलोत्तमा सिटी,१९ साउन २०७८,मंगलबार। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले मङ्गलवार विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकमा घिसिङलाई नियुक्त गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाललाई निर्देशन दिएका हुन् । आम नागरिकका तर्फबाट यसअघि तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई समेत कुलमानलाई ल्याउन दबाब थियो ।


तर उनले कुलमानलाई पन्छाएर हितेन्द्रदेव शाक्यलाई ल्याएका थिए ।त्यसपछि सरकारको चौतर्फी आलोचना भएको थियो । सो बखत प्रधानमन्त्री भन्दा कुलमानको चर्चा बढी भएपछि ओलीले कुलमानलाई दोहोर्‍याउन चाहेका थिएनन् ।त्यसपछि ओलीले २०७७ माघ  २७ गते शाक्यलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेका थिए । त्यसअघि उनी २०७७ कात्तिक २१ बाट प्राधिकरणमा  कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारीमा थिए ।


कमेन्ट गर्नुहोस्