लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

निर्वाचन आयोगले गर्यो यी दलदर्ता खारेज, अव नेपालमा ९५ वटा मात्र राजनीतिक दल (सूचीसहित)

IMG

तिलोत्तमा सिटी,१९ साउन २०७८,मंगलबार।निर्वाचन आयोगले लेखा प्रतिबेदन नबुझाउने विभिन्न ४१ वटा राजनीतिक दलहरूको दर्ता खारेज गरेको छ । मंगलबार बसेको आयोगको बैठकले तीन वर्षसम्म लेखा प्रतिवेदन नबुझाउने राजनीतिक दलहरूको दल दर्ता गरेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन् । प्रवक्ता श्रेष्ठका अनुसार साउन २० गतेदेखि लागु हुने गरि दलहरुको दर्ता खारेज गरिएको हो ।


दलहरुको दर्ता खारेज भएपनि दर्ता खारेज भएका दलहरूको नाम, झण्डा र चुनाव चिन्ह भने एक बर्षसम्म अरुले प्रयोग गर्न नपाउने आयोगले जनाएको छ । आयोगको निर्णयसँगै १३६ दल दर्ता भएको आयोगमा अव दर्तावाद दलहरुको संख्या ९५ वटामा सीमित भएको छ ।नेपालको राजनीतिमा सानो समय चर्चामा आएको अखण्ड नेपाल, शिवसेना पार्टी, नेपाली काँग्रेस राष्ट्रवादी, चुरे भावर, लगायतका दलहरूको दर्ता आयोगको निर्णय अनुसार खारेज भएको छ ।



कमेन्ट गर्नुहोस्