लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिकपछि मात्र मन्त्रिपरिषद् विस्तार हुने

IMG

तिलोत्तमा सिटी,१८ साउन २०७८,सोमबार। सत्ता गठबन्धनको न्युनतम साझा कार्याक्रम सार्वजनिक गरेपछि मात्र देउवा सरकारको मन्त्रिपरिषद् विस्तार हुने भएको छ । मंगलबार सम्ममा न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्ने र त्य लगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा सत्ता गठबन्धनका शिर्ष नेताहरुबीच सहमति भएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुको बैठकले मन्त्रिपरिषद् विस्तारपूर्व साझा कार्यक्रम ल्याउने निर्णय गरेको हो ।


साझा कार्यक्रमलाई अन्तिमरुप दिनकै लागि आज दिनभरी सत्तारुढ गठबन्धनले बनाएको कार्यदल तथा ३ दलका शिर्ष नेताहरु जुटेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनका शीर्ष नेताको बैठकले सरकारको नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिएको बताईएको छ । कार्यक्रमलाई पूर्णता दिन मंंगलबार पनि पनि नेताहरु बस्ने भएका छन् ।बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादवको उपस्थिति थियो ।


गठबन्धनका शिर्ष नेताहरुले कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा कांग्रेसका तर्फबाट डा मीनेन्द्र रिजाल, रमेश लेखक, माओवादी केन्द्रबाट देवप्रसाद गुरुङ र वर्षमान पुन, जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव सदस्य रहेको कार्यदल बनाएका छन् । कार्यदलले गठबन्धन सरकारको प्राथमिकता, सरकारको नीति तथा कार्यक्रम, सङ्घीयताको कार्यान्वयन लगायतका विषय समेटिएको न्युनतम साझा कार्यक्रम तयार गरेको छ ।साझा कार्यक्रमसँगै मन्त्रिपरिषद् विस्तार गरेर सरकारको कामलाई गति दिने निष्कर्षमा शीर्ष नेताहरु पुगेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्