लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कोरोनादर बढ्दै,३१०६ जना संक्रमित, २३ जनाको मृत्यु

IMG

तिलोत्तमा सिटी,१६ साउन २०७८,शनिबार। नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ९ हजार २६३ जनाको पीसीआर परीक्षणमा २ हजार २८० र ४ हजार २५६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८२६ जनामा कोरोना पुष्टि भएको हो ।


हालसम्म नेपालमा पीसीआर परीक्षणबाट देखिएका कोरोना संक्रमितको कुल संख्या ६ लाख ९५ हजार ३८९ पुगेको छ भने एन्टिजेन परीक्षणबाट पोजेटिभ देखिएकाको कुल संख्या ६१ हजार ३५० पुगेको छ ।पछिल्लो २४ घण्टामा थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको कुल संख्या ९ हजार ८५७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ९१६ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्