
तिलोत्तमा सिटी,१६ साउन २०७८,शनिबार। अहिले स्थानिय तहले आफ्नो तहको जानकारी मुलक स्थानिय पाठ्यक्रममा आधारित पुस्तक निकाल्ने दौडमा छन्। त्यहि दौडमा बुटवल उपमहानगरपालिका नराम्ररी पछारिएको छ। नगरले प्रकाशन गरेको स्थानीय पार्यक्रममा आधारित ‘हाम्रो बुटवल’ पुस्तक प्रकाशनमा गम्भीर लापरबाही भएको तथ्य फेला परेको छ। बुटवल उपमहानगरले भर्खरै प्रकाशन गरि अनिवार्य शिक्षाको रुपमा लागू गरेको कक्षा २ को ‘हाम्रो बुटवल’ विषयको पुस्तक प्रकाशनमा गम्भीर लापरबाही भेटिएको हो ।
स्थानीय निकायहरुले स्थानीय विषयवस्तुमा आधारित रहेर पाठ्यक्रम विकास गरी लागू गर्न पाउने शिक्षा नियमावली अन्तरगत प्रकाशन गरिएको कक्षा २ को अँग्रेजी संस्करणको ‘आवर बुटवल’ विषयको पुस्तकमा गलत सामग्री(तस्बीर) छापिएको छ । जम्मा ८८ पेजमा प्रकाशित उक्त पुस्तकको पेज नम्बर ४८ मा तथ्य भन्दा बाहिर रहेर गलत सामग्री छापिएको छ।
कमेन्ट गर्नुहोस्