
तिलोत्तमा सिटी,१४ साउन २०७८। विहिबार बुटवल उपमहानगरपालिकाको अगुवाईमा रुपन्देही उद्योग संघ, उपभोक्ता हित संरक्षण मन्च रुपन्देही, रुपन्देही व्यापार संघ, रुपन्देही मासु ब्यवसायी संघ, प्रहरी प्रशासनसहितको संयुक्त अनुगमन गरेको हो । अनुगमनको क्रममा मापदण्ड नअप्नाई संचालन भैरहेको भेटिएको बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेबी आचार्यले बताईन । धेरैपटक सुझाव दिदा पनि अटेर गर्ने ब्यवसायीहरुलाई कारवाही अघि बढाउने उनले बताईन ।
बुटवल उपमहानगरपालिका पशुपन्छी विकास शाखाका अधिकृत तथा पशु चिकित्सक झबिन्द्र बन्जाडेले अनुगमनको क्रममा ब्यवसायीहरुको पसलमा देखिएका कमीकमजोरी हटाउन एक हप्ता समय दिएर आवश्यक कारवाहीको दायरमा ल्याउने गरि काम अघि बढाएको बताए । बजार अनुगमनको क्रममा देखिएका कमीकमजोरीहरु रिर्पोट तयार गरेर माथिल्लो तहमा लग्ने तयारीमा रहेको उनले बताए । विहिबार अनुगमनको क्रममा ताहिर मासु पसलबाट २३ केजी मासु र सद्दाम मासु एण्ड माछा पसलबाट २० केजी माछा मापदण्ड विपरित राखिएको अवस्थामा भेटिएकाले नष्ट गरिएको उनले बताए ।
नेपालगंज रोडमा रहेका अमन समन मासु एण्ड माछा पसलमा दर्ता कागज देखिएन, रेट लिष्ट नभेटिएको, सडक छेउमा कुखुराहरु राखिएको, तौलका सामग्री र मापदण्ड अनुसार काम नगरेको भेटिएको, सफासुग्घरका लागि सिसा झाली ब्यवस्था नगरेका अवस्थामा भेटिएको हो । उता ब्यवसायीहरु भने छाला, हड्डी, फोहोर फ्याक्ने स्थान अभाव रहेको दुखेसो गरे । सरकारलाई कर तिरेपनि ब्यवसायीहरुको हितमा कुनै काम नभएको उनीहरुको दुखेसो छ । ६ वर्षदेखि नगरपालिका भने टेन्डर हाल्ने र घरभाडा लिने तर अन्य कुनै सेवासुविधा नदिएको उनिहरु बताउछन ।
कमेन्ट गर्नुहोस्