लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

दुर्घटनामा बुटवलका शाहसहित तीन घाइते

IMG

तिलोत्तमा सिटी,१४ साउन २०७८,बिहिबार। पाल्पाको तिनाउ गाउँपालिका–५, चर्चरेमा ट्रक दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । लु २ ख ४४९९ नम्बरको ट्रक सिद्धार्थ राजमार्ग हुँदै पाल्पाबाट बुटवल आउने क्रममा अनियन्त्रित भई दुर्घटना हुँदा तीन जना घाइते भएका हुन् । घाइते हुनेहरुमा बुटवल उपमहानगरपालिका वडा नं १३ बस्ने ३० वर्षका धिरज शाह, नवलपरासी जिल्ला सुनवल नगरपालिका–९, बस्ने वर्ष ४३ का मोहन भट्टराई र नवलपरासी जिल्ला प्रतापपुर गाउँपालिका वडा नं. ९ बस्ने वर्ष ३८ का रामराज च्यामर छन ।


घाइतेमध्ये भट्टराई र च्यामरको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । घाइते तीनै जनाको उपचार तानसेनप्रभासस्थित लुम्विनी मेडिकल कलेजमा भईरहेको छ । अत्याधिक गतिका कारण बुधबार बेलुकी सवा ४ बजेतिर ट्रक सडकदेखि ८० मीटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रवक्ता रामेश्वर त्वातीले जानकारी दिए।

कमेन्ट गर्नुहोस्