लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

१२५ जनाले गरे रक्तदान, गृहिणी महिलाको उल्लेख्य सहभागीता

tillotmacitynews - 2021 Jul 24 01:26 PM
IMG



तिलोत्तमा सिटी,९ साउन २०७८,शनिवार । नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखा र सगरमाथा टोल विकास संस्थाकाे संयुक्त आयोजनामा शनिबार वृहत रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।

तिलोत्तमाकाे जानकीनगरमा गरिएको कार्यक्रममा १२५ युनिट रगत संकलन भएकाे छ । कार्यक्रमका प्रमुख अतिथि समाजका रुपन्देही जिल्ला शाखा अध्यक्ष कृष्ण चौहान क्षेत्रीले उद्घाटन गर्दै टोलटोलमा रक्तदानको अभियानलाई युवाहरुमार्फत शसक्त रुपमा अघि बढाइएको  बताए । तिलाेत्तमा शाखाले विभिन्न स्थानमा स्थानीय संघ संस्थासँग समन्वय गरि मासिक रुपमा रक्तदान श्रृङ्खला चलाएकाेमा उनले प्रशंसा गरे ।

अहिले ब्लड बैंकमा बी पाेजिटिभ लगायत अन्य केही रक्तसमुह अभाव भएकाे हुँदा याे कार्यक्रमले ठुलाे मद्दत पुग्ने जिल्ला शाखाका महासचिव उदयराज भट्टराईले बताए ।

कमेन्ट गर्नुहोस्