लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

दाह्री ग्याङ रूपन्देहीको सहयोगमा रोल्पाका १२ वर्षिय बालकको उपचार

IMG

तिलोत्तमा सिटी,६ साउन २०७८,बुधवार। दाह्री ग्याङ रूपन्देहीले रोल्पाका १२ वर्षिय बालकको उपचारमा सहयोग गरेको छ । रोल्पा जिल्ला धातावाङ बसोबास गर्ने १२ वर्षिय सन्तोष बुढा बाख्रा चराउने क्रममा भीरबाट लडेर गम्भीर घाइते भएका थिए ।आर्थिक अवस्था कमजोर भएका बालकको उपचारमा सहयोग गरिदिन परिवारले दाह्री ग्याङ रूपन्देहीका संयोजकलाई  आग्रह गरेको दाह्री ग्याङ रूपन्देहीले जनाएको छ ।बालकको उपचारमा सहयोग जुटाउन सो ग्याङले पन्ध्र दिने अभियान चलाएको र सो अभियानलाई अन्य सहयोगी दाताले सहयोग गरेको अधियानका संयोजक रोशन गर्गले जानकारी दिएका छन् ।




टाउको , हात र च्यापुमा गम्भीर समस्या भएका सन्तोषको उपचारमा करिब दुई लाख रकम संकलन गरी अस्पतालमा बुझाएको रूपन्देही सह संयोजक सागर बस्यालले बताएका छन् । बालकको गम्भीर सल्यक्रियाको लागि अस्पतालबाट केही रकम समेत छुट भएको दाह्री ग्याङ सक्रिय सदस्य लेलिन भुर्तेलले जानकारी दिए  ।गत आषाढ सोह्र गतेबाट सुरू गरिएको अभियान गत आषाढ ३१ गते उपचार सफल भई ग्याङका केही प्रतिनिधि आफै सन्तोषलाई घरसम्म पुर्‍याएको सह संयोजक बस्यालले बताए । 


अभियान सुरू गर्दा निकै जटिल भएको तर पछि सबैको साथ र सहयोगले अभियान सफल हुँदा निकै खुसी लागेको रूपन्देही संयोजक विरेन्द्र जिसीले जानकारी दिनुभयो । अभियानमा दारी समर्थक युवा नेपालको पनि सहयोग रहेको साथै सहयोग गरेकोमा फोर के गेमिङ नेपाल , मगर संघ कोरिया , तिनाउ हस्पिटल प्रालि प्रशाशन , कर्मचारी , हस्पिटलका न्युरो सर्जन  डाक्टर पवन कुमार श्रेष्ठ , अर्थोपेडिक सर्जन डाक्टर योगेन्द्र अग्रहरी सबैलाई दाह्री ग्याङले धन्यवाद व्यक्त गरेको छ ।सामाजिक सञ्जालबाट संगठित  सो ग्याङले यस अघि पनि विभिन्न सामाजिक कामहरू गर्दै आएको छ ।

  

कमेन्ट गर्नुहोस्