लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवल-पाल्पा सडकखण्ड पहिरोले अवरुद्ध

tillotmacitynews - 2021 Jul 17 04:09 PM
IMG

तिलोत्तमा सिटी,२ साउन २०७८,शनिवार। बुटवल-पाल्पा सडकखण्ड अवरुद्ध भएको छ । विहानैदेखि परेको निरन्तरको वर्षाका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडक खण्डका विभिन्न ठाउँमा झरेको पहिरोले अवरुद्ध भएको हो। सिद्धबाबा क्षेत्रका विभिन्न ठाउँमा, पाल्पाको तिनाउ गाउँपालिका–३ अन्तरगत सिद्धबाबा क्षेत्रको कदमबास, छहरा, हेडबक्स, नागमन्दिर लगायतका दर्जन बढी स्थानमा ढुंगा माटोसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको लुम्बिनी प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

कमेन्ट गर्नुहोस्