लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

थप १८७५ जनामा संक्रमण, २१६४ निको

tillotmacitynews - 2021 Jul 17 03:30 PM
IMG

तिलोत्तमा सिटी,२ साउन २०७८,शनिवार। बितेको २४ घण्टामा देशभर १८ सय बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २१ सय बढी संक्रमणमुक्त भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार बितेको २४ घण्टामा १० हजार ६६ जनामा परीक्षण गर्दा १८७५ जनामा संक्रमण पुष्टि र सोही अवधिमा २१६४ जना संक्रमण मुक्त भएका हुन् ।यस्तै देशभर कोरोनाबाट थप २१ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट हालसम्म मृत्यु हुनेको कुल संख्या ९ हजार ५२७ पुगेको छ।  

कमेन्ट गर्नुहोस्