लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्विनी प्रदेशसभाको अधिवेशन अन्त्य

tillotmacitynews - 2021 Jul 15 06:40 PM
IMG

तिलोत्तमा सिटी ३१ असार २०७८, बिहिवार। लुम्विनी प्रदेश सरकारले पेश गरेको बजेट पारित हुने संकेत नदेखिएपछि लुम्विनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको छ।प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले आजराती १२ बजे देखि प्रदेशसभाको चालु आठौं अधिवेशन अन्त्य भएको सूचना जारी गरेका हुन्।प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरन्जीवी पौडेलद्धारा जारी बिज्ञप्तीमा नेपालको संबिधानको धारा १८३ को उपधारा २ बमोजिम बिहिवार राती १२ बजे देखि अधिवेशन अन्त्य भएको उल्लेख छ।


यस अघि बिहिवार आर्थिक बर्ष २०७८।०७९ को बजेट पारित गर्न निर्णायर्थ पेश गर्नु पुर्व सत्तापक्षका सांसदहरुले आजको सदन बहिस्कार गरेका थिए।प्रतिपक्षले बजेट पास हुन नदिने रणनीती अख्तियार गरेपछि सत्तापक्षले बजेट पारित गर्ने सहमती भए मात्र सदन चल्न दिने अडान राखेको थियो।सभामुख पुर्ण बहादुर घर्ती समेत बजेट पास हुन नदिने खेलमा लागेकोले बाध्य भएर संसद अधिवेशन अन्त्य गर्नु परेको सत्तारुढ एमाले प्रदेशसभा सदस्यले बताए।सभामुख समेत बिपक्षी गठबन्धन संग मिलेर सरकारले प्रस्तुत गरेको बजेट फेल गराउने षडयन्त्रमा लागेकोले अधिवेशन अन्त्य गर्नु परेको हो उनले भने।सभामुखको समन्वयकारी भुमिका हुनु पर्नेमा बिवाद बढाउने काममा लागेको समेत उनले आरोप लगाए।



कमेन्ट गर्नुहोस्