लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवलमा बालिकालाई करणी गरेको आरोपमा २६ वर्षीय युवा पक्राउ

tillotmacitynews - 2021 Jul 15 06:19 PM
IMG

तिलोत्तमा सिटी ३१ असार २०७८, बिहिवार।बुटवलमा एक बालिकालाई करणी गरेको आरोपमा २६ वर्षीय युवा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल ११ बुद्धनगरका सुरज परियार नाम गरेका युवा पक्राउ परेका हुन् ।बैद्धिक अपाङगता रहेकी बालिका १४ वर्षीय बालिकालाई गत चैत्र १२ गते बुटवल बुद्धनगरमा रहेको दिदीको घरमा आएको बेला छिमेकी परियारले बलात्कार गरेको आरोप बिहीबार साझँ पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख मदन कुवँरले जानकारी दिए । ‘घटना चैत १२ गते रहेछ’ प्रहरी प्रमुख कुवँरले भने ‘पीडित बालिकाका परिवारले हिजो प्रहरीमा उजुरी गरे पछि मात्रै थाहा भयो ।’


पीडित परिवारले प्रहरीमा उजुरी गरे लगत्तै बुधबार साँझ नै आरोपित युवालाई पक्राउ गरिएको कुवँरले बताए । जबरजस्ती करणीको सिकारबाट बालिका गर्भवती समेत भएको उनकी दिदीले बताईन् ।आरोपित युवालाई पक्राउ गरि घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्