
तिलोत्तमा सिटी १ साउन २०७८, शुक्रवार। रुपन्देहीमा पछिल्लो २४ घण्टामा ३६ जना नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टाको अवधिमा २९६ जनाको कोरोना परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा २८ जना संक्रमणमुक्त भएका छन् ।स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा तिलोत्तमा नगरपालिकामा १८ जना, बुटवल उपमहानगरपालिकामा ७ जना, देवदह नगरपालिकामा ४ जना, सिद्धार्थनगर नगरपालिका र शुद्धोधन गाउँपालिकामा २–२ जना, सैनामैना नगरपालिका, ओमसतिया गाउँपालिका र कञ्चन गाउँपालिकामा १–१ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा जिल्लामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छ । हालसम्म जिल्लामा ५०५ जनाको कोरोनाबाट मृत्यु भएको छ । जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ३४१ रहेको छन्।
कमेन्ट गर्नुहोस्