लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवलको ट्राफिक चोकमा युवासंघको मसाल जुलुस

IMG

तिलोत्तमा सिटी ३० असार २०७८, बुधवार। सर्वोच्च अदालतको फैसलाको विरोधमा बुटवलको ट्राफिक चोकमा केपी ओली पक्षीय युवास संघका कार्यकर्ताले मसाल जुलुस निकालेका छन् । ट्राफिक चोकमा भेलाभएका कार्यकर्ताले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, पार्टीका बरिष्ठ नेता माधव कुमार नेपाललगायत विरूद् नारावाजी गर्दै मसाल जुलुस निकालेका हुन् ।साँझ निकालिएको मसाल जुलुसमा सुरक्षार्थ खटिएका प्रहरील गएर भिड तितर-वितर पारेका थिए ।


सर्वोच्चले गत सोमबार प्रतिनिधि सभा पुर्स्थापना र प्रधानमन्त्रीमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई नियुक्त गर्न राष्ट्रपति कार्यालयका नाममा परमादेश जारी गरेपछि नेकपा एमालेको भातृसंगठन युवासंघले संघर्षका कार्यक्रम घोषणा गरेको थियो । बुटवलमा भेलाभएका कार्यकर्ताले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, पार्टीका बरिष्ठ नेता माधव कुमार नेपाललगायतका विरूद्ध नारावाजी गरेका थिए ।अदालतीय सेटिङका कारण त्यस्तो फैसला आएको भन्दै प्रदर्शनकर्ताले लोकतन्त्र रक्षार्थ सडकमा आएको बताएका छन्।

  



कमेन्ट गर्नुहोस्