लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीमा ३५ जना नयाँ संक्रमित थपिए, सबैभन्दा धेरै सक्रिय संक्रमित बुटवलमा

IMG

असार २८ गते सोमबार २०७८ तिलोत्तमा सिटी। रुपन्देहीमा पछिल्लो पटक ३६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयले जारी गरेको पछिल्लो २४ घण्टाको तथ्याङ्क अनुसार उक्त अवधिमा दुई सय ५४ जनाको आरटी पीसीआर परिक्षण गरिएको थियो ।योसँगै जिल्लामा कुल सक्रिय संक्रमितको संख्या तीन सय ३५ पुगेको छ । सक्रिय संक्रमितमध्ये सबैभन्दा धेरै बुटवलका रहेका छन् । बुटवलमा एक सय एक, तिलोत्तमामा ९८, सैनामैनामा ४१, देवदहमा ३५, कञ्चनमा २०, सिद्धार्थनगरमा १८, मायादेवीमा १२, शुद्धोधनमा ४, ओमसतियामा ३, सियारीमा २ र गैडहवामा १ जना रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ज्यान गुमाउने संक्रमितको संख्या शुन्य रहेको छ । हालसम्म जिल्लामा पाँच सय ४ जना संक्रमितले ज्यान गुमाइसकेको तथ्याङ्कमा छ । जिल्लामा कुल संक्रमितको संख्या २८ हजार ५ सय ५४ पुगेको छ । तीमध्ये २७ हजार ७ सय ५० जना निको भइसकेका छन् । 

कमेन्ट गर्नुहोस्