लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अदालतको निर्णयप्रति बुटवलमा युवा संघद्वारा विरोध प्रदर्शन

IMG

असार २८ गते सोमबार २०७८ तिलोत्तमा सिटी। सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय वदर गरे लगत्तै सत्तारुढ दल एमालेको भातृ संगठन युवा संघले अदालतको निर्णयको विरोधमा बुटवलमा विरोध प्रदर्शन गरेको छ । नेकपा एमालेको युवा संघले ‘गैर संवैधानिक परमादेश खारेज गर’भन्दै विरोध प्रदर्शन गरेको हो ।सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनःस्थापना गरे पछि विपक्षी गठबन्धनमा रहेका ५ दलले समर्थन र सरकार पक्षले असन्तुष्टि व्यक्त गरेका छन् ।सर्वोच्च अदालतले सोमबार प्रधानमन्त्री ओली गरेको प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गरी शेर बहादुर देउवालाई २८ घण्टाभित्रमा प्रधानमन्त्रीमा नियुक्ति गर्न पमादेश जारी गरेको छ । 

कमेन्ट गर्नुहोस्