लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पत्रकार ज्ञवाली गोरखापत्र संस्थानको सल्लाहकार नियुक्त

IMG

असार २७ गते आईतबार २०७८ तिलोत्तमा सिटी। रुपन्देहीका पत्रकार दीपक ज्ञवाली गोरखापत्र संस्थानका लागि सल्लाहकार नियुक्त भएका छन्। बुटवलमा रहेर तीन दशकदेखि पत्रकारिता गर्दै आएका ज्ञवाली संस्थानको व्यवस्थापन, आर्थिक र प्रिन्टिङ सम्बन्धी सल्लाहकारमा दुई वर्षका लागि नियुक्त भएका हुन् । ज्ञवाली पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष हुन् । उनले न्यूनतम पारिश्रमिक निर्धारण समितिको सदस्यामा रहेर पनि काम गरिसकेका छन् ।


त्यसैगरी संस्थानको कानूनी सल्लाहकारमा कृष्णकुमार आङ्दाम्बे नियुक्त भएका छन् । उनी पाँचथर निवासी हुन् । असार २४ गतेको मन्त्रिपरिषदको निर्णय अनुसार सल्लाहकारद्वय आइतबार औपचारिक रुपमा नियुक्त भएका हुन् ।


कमेन्ट गर्नुहोस्