लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

२४ घण्टामा थप २,२३९ जनामा कोरोना संक्रमण,२० जनाको मृत्‍यु

IMG

असार २५ गते शुक्रबार २०७८ तिलोत्तमा सिटी। नेपालमा पछिल्लो २४ घण्टामा २,२३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप २० जनाको मृत्यु भएको छ भने १ हजार ३१६ जना निको भएका छन् ।६ हजार ६५७ पीसीआर परीक्षण गर्दा १ हजार ४७९ जना र ४ हजार ६५६ एन्टिजेन परीक्षण गर्दा ७६० गरी २ हजार २३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ५९० जना रहेका छन् ।


जसमध्ये २३ हजार ९२० जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ६७० जना संस्थागत आइसोलेसनमा रहेका छन् ।कोरोनाका बिरामीमध्ये ५३९ जना आईसीयू र १६६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ५२ हजार ८५९ पुगेको छ । तीमध्ये ९ हजार ३४० जनाको मृत्यु भएको छ भने ६ लाख १६ हजार ९२९ जना संक्रमणमुक्त भएका छन् ।

कमेन्ट गर्नुहोस्