
असार २५ गते शुक्रबार २०७८ तिलोत्तमा सिटी। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले राजश्व छली गरी अबैध रुपमा सञ्चालन गरिएका १५ बटा भारतिय नम्बर प्लेटका गाडिलाई पहिलोपटक नियन्त्रणमा लिएको छ। यस अघि कहिल्यै पनि नसुनिएको र नदेखिएको दृश्य हो यो। प्रहरीले राजश्व छली गरेको सुचनाका आधारमा हिजो बिहिबार हिउसो १ बजे देखि ५ बजेसम्ममा बुटवलका बिभिन्न स्थानबाट १५ बटा गाडिलाई नियन्त्रणमा लिएको हो। भारतबाट तरकारी तथा फलफुल लिएका आएका ती गाडिले भन्सार छली गरी बुटवल हुदै पुर्व तर्फ जादै गरेको अबस्थामा बुटवलको जितगढीबाट नियन्त्रणमा लिएको रुपन्देहीका प्रहरी प्रबक्ता सत्यनारायण थापाले जानकारी दिए। प्रहरीले नियन्त्रणमा ल्याएका ती मालबहाक गाडि र त्यसका चालकलाई राजश्व अनुसन्धान कार्यालय बुटवलमा पठाईएको प्रबत्ता थापाले जानकारी दिए।
ती गाडिले भन्सारबाट छुट्दा कम तौल देखाएर बाहिरिएको प्रहरीले जनाएको छ। प्रहरीले नियम विपरित संचालनमा ल्याई बढी तौल भएका १५ वटा सवारीसाधन, बिल भरपाई, मध्य पश्चिमाञ्चल यातायात व्यबशायी समिति प्रधान कार्यालय बुटवलको धर्मकाँटाको रसिद, सवारी दर्ता किताब र चालकहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवलमा पठाईएको रुपन्देही प्रहरीले जनाएको छ।
प्रहरीले नियन्त्रणमा लिएका गाडि र चालक यस प्रकार रहेका छन्। निम्न
सि.नं. सवारी साधनको नम्बर सवारी चालकको नाम
१ UP40T5119 Nasim khan
२ UP40T5560 Munnu khan
३ UP40AT2767 Raj kumarbarma
४ UP53ET0166 Dinesh yadav
५ UP32MN2545 Mohammad safik khan
६ UP53CT6167 Brijeshmahariya
७ UP53DT5118 Sunil kumarchaurasiya
८ UP32DN6213 Kaajirbeed
९ UP41AT8155 Ajay singh
१० MH15GV 2452 Ram narayan
११ UP53ET 8363 Balbanyadav
१२ UP47T 4371 Safhik khan
१३ UP30BT 2478 Jabbir Ali
१४ UP40T 6673 Isharar khan
१५ UP30AT 7235 Anujkumar
कमेन्ट गर्नुहोस्