
असार २३ गते बुधबार २०७८ तिलोत्तमा सिटी। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १० मा रहेको यस क्षेत्रकै सबैभन्दा पुरानो स्वास्थ्यचौकी सेमरा स्वास्थ्य चौकीलाई १५ सैयाको अस्पताल बनाईने भएको छ।अर्थमन्त्रालयले उक्त स्वास्थ्य केन्द्रको स्तरउन्नती गरी १५ सैयाको अस्पताल बनाउन बजेट उपलब्ध गराउने सहमती दिए संगै उक्त स्वास्थ्य केन्द्र अस्पताल बन्ने निश्चित भएको हो।तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले बर्सौदेखि स्वास्थ्य केन्द्रको रुपमा आधारभुत सेवा दिई रहेको उक्त स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गरी अस्पताल बनाउने कार्य प्रारम्भ भएको जानकारी दिए ।
नगरपालिकाको निर्णय र पहलमा अर्थमन्त्री बिष्णु पौडेल र त्यस क्षेत्रका माननीय छबिलाल बिश्वकर्माले साथ दिएपछि उक्त स्वास्थ्यकेन्द्र अस्पताल बन्ने निश्चित भएको घिमिरेले बताए ।अव उक्त अस्पतालका लागि छिट्टै नै करीव २० करोड रुपैया निकासा हुदैछ त्यस लगत्तै स्तरोन्नतीको काम सूरु हुने छ उनले भने । उक्त स्वास्थ्य केन्द्रका लागि केही समय अघि रोटरी क्लव अफ बुटवलले अस्पतालको रुपमा स्तरोन्नती गर्नका लागि करीव डेढ करोड बरावरका उपकरण सहयोग गरेको छ ।
आधारभुत स्वास्थ्य केन्द्रको रुपमा रहेको उक्त स्वास्थ्यकेन्द्रको स्तरोन्नती संगै त्यस क्षेत्रका बासिन्दाले चिकित्सक सहितको उपचार सेवा प्राप्त गर्ने नगरप्रमुख घिमिरेले बताए ।यो संगै तिलोत्तमा नगरपालिकामा ३ वटा १५ सैयाका सरकारी अस्पताल बन्ने भएका छन्। यस अघि नगरपालिकाको आनन्दवनमा र बिपिग्राम गंगोलियामा रहेका स्वास्थ्य चौकीको स्तरउन्नती गरी १५ सैयाको अस्पताल बनाईएको छ ।सेमरा यस क्षेत्रकै पुरानो बजार भनेर पनि चिनिन्छ।
कमेन्ट गर्नुहोस्