लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

चितवनबाट ९ दिनदेखि बेपत्ता युवतीको शव भेटियो

tillotmacitynews - 2021 Jul 04 06:16 PM
IMG

असार २० गते आइत बार २०७८ तिलोत्तमा सिटी। चितवनबाट  ९ दिनदेखि बेपत्ता सुजता भण्डारीको शव भेटिएको छ । आइतबार अपरान्ह शव भेटिए पनि साँझ परिवारले पहिचान गरेको चितवन प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले मिडियासामु बताए ।भण्डारीको अपरहण भएको भन्दै प्रहरीमा उजुरी परेको थियो । अन्तिम पटक भण्डारीले दिदीलाई फोन गरेर आफूलाई तीन जनाको समूहले अपहरण गरेको बताएकी थिइन् ।घटनाबारे अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली पनि खटिएको थियो ।प्राविधिक विश्लेषणका क्रममा युवतीले भनेभन्दा फरक स्थानमा उनको लोकेशन देखिएपछि प्रहरीले उनी अपहरित नभएको हुनसक्ने आशंका गरेको थियो ।


उनी बेपत्ता भएपछि फिराैति वा अन्य कुनै माग राखेर कसैले सम्पर्क पनि गरेको थिएन ।प्रहरीले भण्डारीको मोबाइलको कल डिटेल रेकर्ड (सीडीआर), एसएमएस, म्यासेन्जरलगायतका सामग्री विश्लेषण गरे पनि कुनै सुराक भेटिएको थिएन । केही महिनाअघिसम्म एक युवकसँग सम्पर्क भएको देखिएपनि पछिल्लो समय कुनै कनेक्सन भेटिएको थिएन ।तर आइतबार उनको शव भेटिएपछि घटनाले नयाँ मोड लिएको छ ।  चितवनका एसपी अधिकारीका अनुसार हाल शवलाई घटनास्थलमै राखिएको छ । ‘अहिलेलाई घटनास्थल शिल गरेका छौं, भोलि तालिम प्राप्त कुकुर र फरेन्सिक डाक्टर ल्याएर थप अनुसन्धान अघि बढाउनेछौं’ उनले भने ।प्रहरीका अनुसार शव पानीले बगाएर ल्याएर लामो समयदेखि अड्काएको जस्तो देखिएको छ ।

कमेन्ट गर्नुहोस्