
असार २१ गते सोमबार २०७८ तिलोत्तमा सिटी। रुपन्देहीको तिलोत्तमा नगरपालिका भित्र उत्खनन गरि तोकिएको ठाउ बाहेक अन्य ठाउमा घाटगद्धी गरेको नदिजन्य पदार्थको प्रमाण सहित दावी पेश गर्न थुपारेर राख्ने ब्यबसायी तथा व्यक्तिलाई नगरपालिकाले आग्रह गरेको छ। केहि दिन अघि सार्बजनिक सुचना जारि गरि त्यस्ता उत्खनन गरि राखिएका क्रसर ब्यबसायी र व्यक्तिका घनमिटर नाप जाच गर्दा र अनुगमन जादा सो प्रकृति भेटिएको हो। २२ ब्यबसायी तथा घर धनि जग्गा धनि र व्यक्तिका घर छेउमा घाटगद्धी गरि राखिएको अवस्थामा नगरपालिकाले भेट्टाएको हो। यहि असार २२ गतेसम्मको अल्टिमेटम दिदै नगरपालिकाले त्यस्ता ब्यबसायी धनिहरुले २२ गतेभित्र आफ्नो उत्खनन कार्य सम्झौता र सो सामाग्रीका बारेमा प्रमाण सहित दावी पेश गर्न अनुरोध गरेको छ। सो मितिसम्म पनि पेश गर्न न आए सो सामग्री नगरपालिकाले जफत गर्ने समेत बताएको छ।
नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत प्रदिप पौडेलद्वारा हस्ताक्षरित सार्बजनिक सुचनामा नदिजन्य पदार्थको अबैध उत्खनन भै अनुगमनमा सो सामग्री अबैध देखिन गएकोले जो कसैको भएमा प्रमाण सहित दावी पेश गर्न अनुरोध समेत गरिएको छ। नगरपालिकाको वडा नम्बर ३, ४, ६, १३ , १४ लगायतका वडामा अनुगमन गर्दा नदिजन्य पदार्थ थुपारी राखेको अवस्थामा भेटिएकोले सो सुचना जारि गरिएको प्रमुख प्रसासकिय अधिकृत प्रदिप पौडेलले तिलोत्तमा सिटीलाई बताउनुभयो। सो नदिजन्य पदार्थ आदेश बिना कोहि कसैले उठाएमा या जानकारी बिना चलन गरेमा समेत कारबाही भैजाने व्यहोरा सुचनामा उल्लेख छ। नगरपालिकाले सो सामग्री कसैको दावी नभए नगरपालिकाले ब्यबस्थापन गर्ने समेत बताएको छ। दावी पेश गर्ने अन्तिम मिति असार २२ गते सम्म रहेको सो सामग्रीको कोहि कसैले ओसारपसार गरे साधान सहित पक्राउ गरि कानुनि कारबाही गरिने जनाइएको छ।
कमेन्ट गर्नुहोस्