लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीमा १० दिनयता सक्रिय संक्रमितको संख्या बढ्दो, आज २८ जना थपिए

IMG

असार २१ गते सोमबार २०७८ तिलोत्तमा सिटी। कोभिड–१९ महामारीको दोस्रो लहरपछि रुपन्देहीमा फेरि संक्रमण उकालो लागेको छ । स्वास्थ्य कार्यालय रुपन्देहीले जारी गरेको तथ्याङ्क अनुसार जिल्लमा १० दिनयता सक्रिय संक्रमितको संख्या विस्तारै बढिरहेको हो । अघिल्लो हप्ता आइबारदेखि उकालो लागिरहेको संक्रमण एकैहप्तामा एक सय १४ ले सक्रिय संक्रमितको संख्या बढेको तथ्याङ्कमा छ । योसँगै जिल्लमा सक्रिय संक्रमितको संख्या तीन सय २९ पुगेको छ । अघिल्लो हप्ता आइतबार दुई सय एक रहेको यो संख्या बढेर आज आइपुग्दा तीन सय २९ पुगेको हो ।


त्यस्तै पछिल्लो पटक जिल्लामा २८ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा एक सय ६८ जनामा आरटी पीसीआर परिक्षण गर्दा जिल्लामा उक्त संख्यामा संक्रमित भेटिएका हुन् ।जिल्लामा पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको ज्यान गएको छैन । यद्यपि, महामारीको दुवै लहरमा हालसम्म जिल्लामा चार सय ९० जना संक्रमितले ज्यान गुमाएका छन् । तथ्याङ्क अनुसार जिल्लमा संक्रमितमध्ये हालसम्म ९७ प्रतिशत निको भएका छन् । २ प्रतिशतको मृत्यु भएको छ भने १ प्रतिशत अझै सक्रिय संक्रमित रहेका छन् । 

कमेन्ट गर्नुहोस्