
असार २१ गते सोमबार २०७८ तिलोत्तमा सिटी। रुपन्देहीमा जारी निषेधाज्ञा असार ३१गते (मसान्त) सम्म थप भएको छ। जोर-विजोर प्रणालीमा सार्वजनिक यातायात सञ्चालन हुन पाउने गरि जिल्ला प्रशासन कार्यालयले असार १५ गतेबाट निषेधाज्ञा थप खुकुलो बनाएको थियो ।सोमबार बसेको जिल्ला स्तरिय कोभिड संकट व्यवस्थापन केन्द्र डीसीएमसीको बैठकले निषेधाज्ञा ३१ गतेसम्म जारी राख्ने निर्णय गरेको हो ।
२०७८ बैशाख १५ गतेको आदेशलाई तपशिल बमोजिम हुने असार २२ गते विहान ६ बजेदेखी असार ३१ गते राती १२ बजेसम्म निरन्तरता दिएको प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेशमा उल्लेख छ ।रूपन्देहीमा सार्वजनिक तथा नीजि सवारी साधनमा लागू भएको जोर विजोर प्रणाली कायमै छ भने पसलहरु तथा व्यवसायहरु विहान ११ बजेबाट ६ बजेसम्म खुल्ने छन्।
कमेन्ट गर्नुहोस्