
असार १९ गते शनिबार २०७८ तिलोत्तमा सिटी।सरकारमा सहभागी एक राज्यमन्त्रीले साथ छाडेसंगै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बहुमत गुमाएका छन् । जनता समाजवादी पार्टीबाट राज्यमन्त्री बनेकी सुमन शर्मा रायमाझीले शुक्रबार पदबाट राजीनामा दिएसँगै सरकार अल्पमतमा परेको हो ।पोखरेलले गत जेठ २८ गते संसदमा सम्बाेधन गर्दै भनेका थिए -‘बहुमत गुम्यो भने एक मिनेट पनि सत्तामा बस्दिन ।’ के अब उनले नैतिकताका आधारमा राजीनामा देलान् त ? सबैको चासाे छ ।यता नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुद्दिन खानले भने-‘मुख्यमन्त्री पोखरेलले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ ।’
उनले भने-‘राज्यमन्त्रीको राजीनामासँगै मुख्यमन्त्रीले बहुमत गुमाएका छन्-’ बहुमत गुमेको एक मिनेट पनि सत्तामा रहन्न भनेका उनले अब के गर्छन हेराैँ ।’लुम्बिनी प्रदेशसभामा हाल कायम ८३ सांसदमध्ये सत्तारुढ एमालेका ३८ जना छन् । जसपाका ४ जना सांसद सरकारमा हुँदा सरकारको पक्षमा बहुमत थियो । तर राज्यमन्त्री रायमाझीको राजीनामासँगै सरकारको पक्षमा ४१ जना सांसद मात्र हुन पुगेका छन् ।सरकारलाई बहुमत पुग्न कम्तीमा ४२ सांसद चाहिन्छ । लुम्बिनी प्रदेशसभामा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका सभामुखसहित १९, जनता समाजवादी पार्टीका ३ र राष्ट्रिय जनमोर्चाका एक जना गरी ४२ जना सांसद सरकारको विपक्षमा छन् ।
कमेन्ट गर्नुहोस्