
असार १८ गते शुक्रबार २०७८ तिलोत्तमा सिटी।सरकारले कोरोना खोप भेरोसेल खरीदका लागि चिनियाँ कम्पनी सिनोफार्मसँग सम्झौता गरेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले विज्ञप्ति जारी गरे सिनोर्फमसँग खोप खरिदको सम्झौता भएको जानकारी दिएका हुन् । २४ असारबाट खोप आपूर्ति सुरु हुने र साप्ताहिक रुपमा आउने पनि जानकारी दिएका छन् ।तर कति खोप आपूर्तिका लागि कति मूल्यमा सम्झौता भएको खुलाएका छैनन् ।अधिकारीहरूका अनुसार ४० लाख डोज खरिदका लागि सम्झौता भएको छ ।
‘नन् डिस्क्लोजेवल एग्रिमेन्ट (एनडीए) अनुसार खोप खरीद गरिएको भएकाले थप कुराहरु भन्न मिल्दैन’ मन्त्रालयका उच्च अधिकारीले भने ।मन्त्रालयका ती अधिकारीका अनुसार पछिल्लो २ साता चीनसँग ननडिस्कोजेवल एग्रिमेण्ट गर्न सरकारले पहल गरिरहेको थियो । नेपालले खोप खरीदको लागि प्रस्ताव राख्दा चीनले गोप्य सम्झौता गर्नुपर्ने बताएको थियो । खोप खरीदको लागि अन्य विकल्प बन्द भएपछि सरकार गोप्य सम्झौताको लागि तयार भएको अधिकारीहरूले बताएका छन् ।
कमेन्ट गर्नुहोस्