लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड फेरि अवरुद्ध

IMG

असार १८ गते शुक्रबार २०७८ तिलोत्तमा सिटी। पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड फेरि अवरुद्ध भएको छ ।भरतपुरमहानगरपालिका-२९ सेती दोभानमा पहिरो गएपछि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) ओम अधिकारीले जानकारी दिए ।उनले अनलाइनखबरसँग भने, ‘यसअघि जलवीरेको पहिरो हटाएर आउने क्रममा सेती दोभानमा पुन: पहिरो गएको हो। यसले दुवैतिरको सडक अरुवद्ध भएको छ।’पहिरो पन्छाउन गएका दुईजना प्रहरी पनि थुनिएको एसपी अधिकारीले बताए । साथै पहिरोमा फसेकाहरुलाई प्रहरीले सुरक्षा व्‍यवस्था मिलाइएको छ ।यसअघि इच्छाकामना गाउँपालिका-६मा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो । शुक्रबार दिनभरी नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो आउने जाने क्रम जारी छ ।

कमेन्ट गर्नुहोस्