
असार १६ गते बुधबार २०७८ तिलोत्तमा सिटी।सुन्दर शान्त तिलोत्तमा भनेर देशभर चिनिएको यस नगरीमा दिन दहाडै या रातमा मिलाई मिलाई भएको चोरीको घटना भने नौलो होइन। तथापि तिलोत्तमा -११ स्थित मंगलबार राती करिब १:५० देखि २:०० बजेको समयमा एक जनरल स्टोर चोरी भएको छ। पहिले एक्लै आए जस्तो देखि र पछि २ जना भित्रिएको दृश्य स्पस्ट देखिने सिसिटिभी फ़ुटेजको आधारमा सो समय निकालिएको स्थानिय धन थापाले बताए।
अर्की स्थानिय स्वस्तिका घिमिरेले हामीलाई सो फुटेज पठाउदै यी र यस्ता घटना नौलो नभएको र चोरी दिन दिनै बढ्दै गएकोले सुरक्षाको चुनौती खडा भएको जानकारी दिनुभयो। उहाले नागरिकलाई सामान्य रुपमा बाच्न र काम गरेर खाने बाताबरण दिलाइदिन आग्रह गर्दै स्थानिय तह र प्रहरी समक्ष सुरक्षाको अनुभूत गराइदिन आग्रह समेत गरेकी छिन। मंगलबार न्यू शंकर जनरल स्टोरमा नगद तथा सामानहरु चोरी भएको र सिसिटिभीमा देखिएको व्यक्तिहरुलाई कोहि कसैले देखे या चिनेमा फोन नम्बर ९८६७१७४२५२, ९८२१४६४३९५ मा सम्पर्क गरिदिन समेत आग्रह गरिएको छ।
त्यसो त तिलोत्तामाका मणिग्राम, नयामिल शंकरनगर, ३ नम्बर दक्षिनटोला तिर समेत धाराको टुटी मिटर, साइकल,विभिन्न खाले सामाग्रीहरु चोरी भैरहेको स्थानियहरुको गुनासो आइरहेको छ।
ल हेर्नुस यसरि चोरे न्यू शंकर जनरल स्टोर : भिडियो साभार धन थापा
कमेन्ट गर्नुहोस्