
असार १५ गते मंगलबार २०७८ तिलोत्तमा सिटी। रुपन्देहीमा जारी निषेधाज्ञालाई निकै खुकुलो बनाउँदै एक हप्ता थपिएको छ । भोलिदेखि जिल्लामा आधा मात्र यात्रु राखेर जोर–विजोर प्रणालीका आधारमा सार्वजनिक सवारी साधनहरु चल्न पाउने भएका छन् ।यस्तै माछा मासु तरकारी फलफुल दुधजन्य साम्रगीहरु स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी बिहान ५ बजेदेखि ११ बजेसम्म खोल्न पाइने भएको छ । भने अन्य व्यवसायहरु ११ बजेदेखि ६ बजेसम्म संचालन गर्न पाइने भएको छ । रुपन्देहीमा भोलिदेखि सार्वजनिक यातायात चल्ने भएका छन् ।
सोमबार बसेको डिसिएमसीको बैठकले जिल्लामा जोर–विजोर प्रणालीका आधारमा सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले बताए ।‘अन्तर जिल्लामा चल्ने सवारी साधन चल्न पाउने छैन्’ पाण्डेले भने‘ जिल्ला भित्र सबै सार्वजनिक यातायात भने जोर–विजोर प्रणालीका आधारमा चल्न पाउने छन् ।’असार ८ गतेदेखि नीजि सवारी साधनलाई जोर विजोर प्रणालीमा सञ्चालन गर्न दिए पनि सार्वजनिक यातायातलाई सञ्चालन गर्न रोक लगाइएको थियो ।
कमेन्ट गर्नुहोस्