लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मर्चवार सामुदायिकका युवाहरुद्वारा अतिबिपन्न परिवारलाई राहत प्रदान

IMG

असार १३ गते आइतबार २०७८ तिलोत्तमा सिटी। मर्चवारको सम्मरीमाई गाउपालिका वडा नं २ बनगाईका एक अति बिपन्न वृद्ध कोहार परिवारलाई शनिबारका दिन मर्चवार सामुदायिक बिकास केन्द्रका युवाहरुद्वारा राहत प्रदान गरिएको छ।टिनको घर र बृद्धको परिवारमा श्रीमान बाहेक कोइ न भएको तथा खुट्टामा ठुलो घाउ भएको बे-साहाराको रेडियो मर्चवारका संचालक अनिल तिवारीले सामाजिक संजालमा दु:खद घटना शेयर गरेपछी संयोजक हीना तिवारी तथा सुभास पान्डेयको पहलद्वारा पिठो २० केजी चामल २० केजी, आलु, प्याज, तेल, सोयाबीन, नुन सहित अन्य खानेसामग्री र १००० नगद सहितको राहत प्रदान गरि प्राथमिक उपचारको लागि स्वास्थ्य संस्थामा समेत पहल गरिएको हो।


मर्चवार सामुदायिक बिकास केन्द्रले लकडाउनको अवधीमा खाद्यान्न सहयोग अभियान संचालन गरि बिगतमा पनि भैरहवा र ओमसतिया तथा मर्चवारका १२० अतिबिपन्न परिवारलाई राहत प्रदान गरेको थियो ।बुद्ध जब नेपालका प्रबन्ध निर्देशक सुबास पान्डेय तथा अभियानको संयोजक हिना तिवारी अभियान सहयोगी बिनय यादव , राजेश चौबे, जगन्नाथ बरुणको उपस्थिति तथा संस्थाका अध्यक्ष ज्ञानेश्वर उपाध्यायको अध्यक्षतामा राहत बितरण सम्पन्न भएको छ।

कमेन्ट गर्नुहोस्