लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कालिगण्डकी–तिनाउ डाइभर्सन : ‘यस क्षेत्रका लागि गेम चेन्जर प्रोजेक्ट’

IMG

असार १२ गते शनिबार २०७८ तिलोत्तमा सिटी।उप-प्रधान तथा गृह मन्त्री विष्णु पौडेलले कालिगण्डकी–तिनाउ डाइभर्सन यस क्षेत्रका लागि गेम चेन्जर प्रोजेक्टका रुपमा रहेको बताएका छन्। यो आयोजनाले यस क्षेत्रको विकासमा कायापलट ल्याउँदै सिँगो मुलुकको मुहार फेर्नमा महत्पूर्ण भूमिक खेल्ने उल्लेख गरे ।कालिगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजनाको बुटवलमा स्थापना भएको कार्यालयको शनिबार समुद्घाटन गर्दै उनले आयोजना सपम्पन्न गर्नका लागि श्रोतको अभाव नहुने र दक्ष जनशक्तिको समेत अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरे । विद्युत उत्पादनसँगै रुपन्देही, कपिलवस्तुर नवलपरासीका खेतीयोग्य जमिनलाई सिञ्चित गरी आर्थिक समृद्धिमा महत्वपूर्ण उपलब्धि हासिन गर्न सकिने बताए ।

कमेन्ट गर्नुहोस्