
आषाढ ११ गते शुक्रबार २०७८ तिलोत्तमा सिटी । नेपाल स्वयंसेवी रक्तदाता समाज तिलाेत्तमा शाखाकाे आयाेजना एवम् लुम्बिनी सामाजिक संस्था तिलाेत्तमा ८ काे सह-आयाेजनामा तिलाेत्तमा ११ रामनगरमा रहेको दुर्गा मन्दिर परिसरमा शुक्रबार आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । काेभिड १९ काे महामारीका कारण रगत तथा रक्ततत्व अभाव हुन नदिने उद्धेश्यले आयाेजित उक्त कार्यक्रममा ५१ जना स्वयंसेवी रक्तदाताले रक्तदान गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि तिलाेत्तमा नगरपालिका वडा नं.११ का वडा अध्यक्ष मुक्तिनारायण चाैधरीले बाेल्दै यस संस्थाले यसरी विभिन्न क्षेत्रमा रक्तदान कार्यक्रमकाे आयाेजना गरेर नयाँ रक्तदाताकाे खाेजी गरिरहेको प्रति प्रशंसा गर्नुभयाे । रक्तदानकाे क्षेत्रमा बदलिँदो परिस्थिति रहेकाले दाताहरु स्वतस्फूर्त रुपमा जाेडिँदै जाने र आफ्नो क्षेत्रबाट पनि सहयाेग रहने बताउनुभयो ।
त्यस्तै नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखाका अध्यक्ष कृष्ण चाैहान क्षेत्रीले रगत अभाव हुन नदिन आफ्नो संस्था निरन्तर लागिरहेको बताउनुभयाे । रगत नपाए बुटवल जानू भन्ने नाराका साथ जिल्ला शाखा अन्य जिल्लाहरुमा समेत पुगेर रक्तदान कार्यक्रम गरिरहेकाे र तिलाेत्तमा शाखाले पनि आफ्नो नगरका विभिन्न वडामा रक्तदान सम्बन्धि जनचेतना फैलाउँदै अघि बढिरहेकाे बताउनु भयाे । कार्यक्रममा सल्लाहकार टेकबहादुर थापा, देवी वाग्ले, बेलप्रसाद शर्मा, अर्जुनप्रसाद पाैडेल, ताेयश्वर चाैधरी लगायतले शुभकामना दिनुभएको थियाे ।
रक्त सञ्चार सेवा इकाई भैरहवाकाे प्राविधिक सहयाेगमा स्वास्थ्य मापदण्ड पालना गर्दै कार्यक्रम गरिएको हाे । रक्तदाता समाजकाे तिलाेत्तमा नगर शाखा गठन पछि नियमित मासिक रक्तदान श्रृङ्खला सन्चालन गर्ने कार्यक्रम अन्तर्गत आकस्मिक रुपमा दाेस्राे कार्यक्रम सम्पन्न गरिएको समाजका अध्यक्ष गाेविन्द भुसालले बताउनु भयाे । कार्यक्रम समाजका उपाध्यक्ष पुर्णचन्द्र सुवेदीको संयाेजकत्व एवम् सचिव प्रेमबहादुर नेपालीकाे सञ्चालनमा सम्पन्न भएकाे थियाे ।
कमेन्ट गर्नुहोस्