लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रूपन्देहीमा भाेलिदेखि सवारी साधन चल्ने,जाेरबिजाेर प्रणाली लागु

IMG

असार ७ गते सोमबार २०७८ तिलोत्तमा सिटी। रुपन्देहीमा (भाेली असार ८ ) मंगलबारबाट  सरकारी कार्यालयसहित निजी सवारी साधन खुल्ने भएका छन् ।निषेधाज्ञा थप खुकुलो बनाइने भएको हाे । यस्तै सरकारी कार्यालय पनि भाेलिदेखि नै खुल्ने भएका हुन् ।कोरोना संकट व्यवस्थापन समिति डीसीसीएमसीको सोमबार बसेको बैठकले नीजि सवारी साधन मात्रै चल्न पाउने गरि निषेधाज्ञा खुकुलो गर्ने निर्णय गरेको हो ।सार्वजनिक सवारी साधन भने अझै खुला भएको छैन । जोर-विजोर प्रणाली अनुसार जोर गते जोर नम्बरका सवारी र विजोर गते विजोर नम्बरका सवारी साधन चलाउन पाइने जिल्ला प्रसासन कार्यालय रुपन्देहीका प्रशासकिय अधिकृत जनक थापाले बताए ।

कमेन्ट गर्नुहोस्