लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

६ बालबालिकालाई नि:शुल्क शिक्षा र १ घरलाइ खरको छानोमुक्त अभियान जोड्दै गौतम

IMG

असार ५ गते शनिबार २०७८ तिलोत्तमा सिटी।अहिले सामाजिक अभियन्तासंगै राजनीतिक दलका नेताहरुले राहत संगसंगै विभिन्न क्षेत्रमा समेत सहयोग गर्दै आएका छन्। बिपी स्ट्डी युथ सर्कल लुम्बिनी प्रदेशका अध्यक्ष समेत रहेका लक्ष्मण गौतमले शिक्षामा नया आयाम थप्नको लागि सबैलाई शिक्षा, र खरको छानो भएका परिवारलाई छानो बिहिनलाई छानो कार्यक्रमको घोषणा गरेका छन्।  उनले तिलोत्तमा नगरपालिका भित्रका अति बिपन्न परिवारका ६ जना बालबालिकालाई स्कुल भर्ना देखि कापी कलम र रेखदेख गर्ने गरि आफ्नो अभियान सार्बजनिक गरेका छन्। 


त्यस्तै उनले छानो भएका घरलाई जस्तापाता दिईने र छानो बिहिनलाइ छानो दिने समेत बताए। उनले जस्तापाता अहिले १ घर बाट शुरु गरेको र अभियानलाई छिट्टै जिल्लाभर संचालन गरिने समेत बताए।  हाल तिलोत्तामालाई केन्द्र बनाएर यो अभियान सार्बजनिक गरेको सर्कलका लुम्बिनी प्रदेश अध्यक्ष गौतमले बताए। बिपी स्ट्डी युथ सर्कल मार्फत तिलोत्तमा-६ मणिग्राम १२ नम्बर बस्ने लक्ष्मण गौतमले बिगत ३४ दिन देखी बिपन्न बर्गका घर घरमा खाद्यान्न अभियान अन्तर्गत रुपन्देही जिल्ला भित्रका अति बिपन्न बर्गलाई घरमै पुगेर खाद्यान्न सहयोग गर्दै आएका छन।

कमेन्ट गर्नुहोस्