लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

टाेल विकासका संभावना र कार्यान्वयनमा टाेलबासीकाे भूमिका बिषयक अन्तरक्रिया

IMG

जेष्ठ ३१ गते सोमबार २०७८ तिलोत्तमा सिटी।रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर-१० स्थित उद्यमशिल टाेल विकास संस्था अन्तर्गत युवा समूहद्वारा उद्यमशिल टाेल विकास संस्थाका पदाधिकारी , आमासमूह , युवा समूह तथा कृषक समूहका बिचमा टाेल विकासका संभावना तथा तीनकाे कार्यान्वयनमा टाेलबासीकाे भूमिका सम्बन्धमा एक विशेष छलफल संचालन गरेको छ।  शनिबार सम्पन्न सो छलफाल कार्यकर्ममा प्रदेशबाट फर्किएका टाेलमा बसोबास गर्ने दाजुभाइहरुलाई स्वागत र विदेशको अनुभव समेत आदानप्रदान गरिएको थियो। कार्यक्रममा बोल्दै सामाजिक अभियन्ता एवम् नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि डा भुसालले देश प्रेमको भावना देशमाभन्दा प्रदेशमा रहदा अनुभूति हुने गरेको बताए ।



हरेक विपत्तिमा प्रवासी नेपालीहरुले निस्वार्थ रुपमा देशमा सहयोग गरिरहेको उनको भनाइ थियो। कोभिड १९ को महामारीमा अक्सिजन सिलिन्डर तथा स्वास्थ्य सामाग्रीको अभावमा देश छट्पटाई रहदा प्रवासी नेपालीले ब्यक्तिगत रहर र आबस्यकताहरलाई सङ्कुचन गदै, ठूलो मात्रामा स्वास्थ्य सामाग्री पठाएर नेपाली ‌नागरिकहरुको‌ जीवनरक्षा गर्ने काम गरेका छन् यसका बाबजुद जनस्वास्थ्यको जिम्मेवारी लिएको नेपाल सरकार कमिसनको खेलमा लिप्त हुदा सार्वजनिक स्वास्थ्य सेवा प्रभावित भएको भन्दै प्रवासी नेपालीको निस्वार्थ सेवाको प्रसंसा गर्दै उनले सम्मान व्यक्त गरे। डा.भुसालले विप्रेषण आय नेपाली अर्थव्यवस्थाको मेरुदण्ड हो तर पनि बहुसंख्यक उत्पादनशील जनशक्ति वैदेशिक रोजगारीमा जादा, दक्षजनशक्तिको अभावमा देशभित्र विकास निर्माणका गतिविधिहरु प्रभावित भएको बताउदै वैदेशिक रोजगारीमा रहनुहुने सम्पूर्ण युवाहरूलाई विदेश बसाइलाई अर्थपूर्ण बनाउँदै निश्चित समयभित्र पूँजी ज्ञान र सिप आर्जन गरी स्वदेश फर्कन आह्वान समेत गरे ।


त्यसैगरि उद्यमशिल टाेल विकास संस्थाका अध्यक्ष घनसिंह पुनले टाेल बिकास संस्थामा भईरहेकाे गतिविधि , उद्देश्य , भावी याेजना तथा कार्यक्रमका बारेमा  प्रकाश पारेका थिए। अध्यक्ष पुनले टाेललाई परिवारकाे संज्ञा दिदै टाेल बिकासमा सबैकाे हातेमालाे भएमात्र टाेलले छाेटाे समयमा चाैतर्फि बिकास गर्ने धारणा राखेका थिए । युवा समूहका अध्यक्ष कृष्ण श्रेष्ठकाे अध्यक्षता तथा स्थानिय टोलबासी युवा प्रदिप विश्वकर्माकाे सञ्चालनमा सम्पन्न भएकाे कार्यक्रममा बैदेशिक राेजगारबाट फर्कनु भएका र बहादुर घिमिरे , आस बहादुर बि. क. , हेम बहादुर घिमिरे , शंकर मुसहर, पुरन बि. क. लाई दाेसल्ला तथा फुलद्वारा सम्मान गरिएकाे थियाे । जापानबाट फर्कनु भएका हेम घिमिरे , बहराईनबाट फर्कनु भएका र बहादुर घिमिरे, मलेशियाबाट  फर्कनु भएका आस बहादुर बि.क. लगायतले आ आफ्नो स्वदेश र बिदेशका अनुभूति र अनुभवहरु कार्यक्रमका बिच राखेका थिए ।

कमेन्ट गर्नुहोस्