लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीमा आजसम्म ४५६ जनाले ज्यान गुमाए

IMG

जेष्ठ २५ गते मंगलबार २०७८ तिलोत्तमा सिटी।  रुपन्देहीमा कोरोनाका संक्रिय संक्रमितको संख्या हजार भन्दा कम भएको छ । पछिल्लो २४ घण्टामा २०४ संक्रमित निको भएसँगै जिल्लामा संक्रिय संक्रमितको संख्या ९७० भएको छ । रुपन्देहीमा संक्रिय संक्रमितको संख्या ७ हजार भन्दा धेरै पुगेको थियो ।यस्तै जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा ४३८ जनाको कोरोना परीक्षण गर्दा ६५ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा आज सबै भन्दा धेरै तिलोत्तमा नगरपालिकामा १४ जनामा संक्रमण पुष्टि भएको छ ।


यस्तै बुटवल उपमहानगरपालिकामा १२ जना, देवदह नगरपालिकामा ८ जना, सैनामैना नगरपालिकामा ६ जना, सिद्धार्थनगर नगरपालिकामा ४ जना, कञ्चन गाउँपालिका, सियारी गाउँपालिका, गैडहवा गाउँपालिका र मायादेवी गाउँपालिकामा ३३ जना, लुम्बिनी सांस्कृतिक नगरपालिका र शुद्धोधन गाउँपालिकामा २२ जना, मर्चवारी र कोटहीमाई गाउँपालिकामा ११ जना संक्रमित थपिएका छन् ।यस्तै पछिल्लो २४ घण्टामा थप २ जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ४५६ पुगेको छ ।

कमेन्ट गर्नुहोस्