लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जनमुक्तिको नि:शुल्क खाना तथा फलफूल सहयाेग निरन्तर जारी

tillotmacitynews - 2021 Jun 08 03:23 PM
IMG

रोशन अस्लामी मगर , जेष्ठ २५ गते मंगलबार २०७८ तिलोत्तमा सिटी। राष्ट्रिय जनमुक्ति पार्टीले कोरानाभाइरसबाट विरामी भई अस्पताल भर्ना भएका र उनीहरूका परिवारजन (कुरुवा) का लागि आज भैरहवा स्थित भिम हस्पिटलमा निःशुल्क खाना तथा पानी वितरण छ । यसका साथै बाटोमा डिउटीमा खटिएका सुरक्षाकर्मीहरु, सडक पेटी तथा पुल मुनी बसेका पीडित ब्यक्तीहरु र भैरहवा बसपार्कमा रहेका मजदुर तथा अलपत्र परेका ब्यक्तीहरुका लागि समेत खाना तथा पानी वितरण गरिएको छ । 


राष्ट्रिय जनमुक्ति पार्टीले गत शुक्रबारदेखि सुरु भएको अभियान जेष्ठ ३१ सम्म जारी रहने छ । साथै स्थानिय नगर भित्र रहेका मजदूर तथा विपन्न परिवारलाई घरमै पुगेर खाद्यान्न सामग्री वितरण गर्ने कार्यक्रम पनि रहेको राष्ट्रिय जनमुक्ति पार्टी सिद्धार्थनगरका उपाध्यक्ष रेखा प्रसाद चौधरीले जानकारी दिए ।जनमुक्तिको जनसेवा अभियानमा पार्टीका युवा नेता डिबी थापा, मोजिब अली, रोशन अस्लामी मगर, जिल्ला सचिब दिलमाया गुरुङ्ग, नगर अध्यक्ष प्रेम ल्हो गुरुङ्ग, माया सारु, कुसुम पुन, नर बहादुर गुरुङ्ग, आकाश आले, प्रदीप चौधरी, अर्जुन चौहान, सुरज जोशी, नवीन फुन्जाली, लगायतका युवाहरुको उपस्थिती रहेको थियो ।


दोस्रो लहरको कोरोना भाइरस संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले वैशाख १६ गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरेको छ ।  निषेधाज्ञा जेठ ३१ गतेसम्मको लागि थपिएको छ । निषेधाज्ञाका कारण विभिन्न क्षेत्र प्रभावित भएको हुँदा अभियानलाई स्वत: स्फ्रुत सहयोग गर्न चाहनु हुने महानुभावहरुले अभियानका संयोजक टेक बहादुर गुरुङ्ग ज्युलाई सिधा संपर्क नम्बर +९७७९८६८२५७०५६,९८४७१३२२८२ कल गर्न अनुरोध पनि गरेको छ ।


कमेन्ट गर्नुहोस्