
जेष्ठ २५ गते मंगलबार २०७८ तिलोत्तमा सिटी। पछिल्लो २४ घण्टामाथप ५१५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण १०८ जनाको मृत्यु भएको छ र ६५७० जना संक्रमणमुक्त भएका छन् ।पछिल्लो २४ घण्टामा १२ हजार ६५ पीसीआर परीक्षणमा ३८७० र ५६११ एन्टिजेन परीक्षणमा १२८३ जना गरी कुल ५१५३ जनामा संक्रमण पुष्टि भएको हो ।योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ११ हजार ३०८ पुगेको छ । जसमध्ये ५ लाख ४५ हजार ३० जना निको भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ८२ हजार ७३६ रहेको छ ।कोरोना भाइरस संक्रमणबाट हालसम्म ८०९८ जनाको मृत्यु भएको छ ।
कुन जिल्लामा कति संक्रमित थपिए ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ८३६, झापामा ३१८, ललितपुरमा २६९, कास्कीमा २२०, मोरङमा १९१, सुनसरीमा १७१, भक्तपुरमा १२१, कैलालीमा १२०,मकवानपुरमा १०६ र सुर्खेतमा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।यस्तै पाल्पामा ९५, चितवनमा ८४, सर्लाहीमा ८२, रूपन्देहीमा ६८, दाङमा ६५, नुवाकोटमा ६२, दोलखामा ६०, सिन्धुलीमा ५२, गोरखामा ४९, काभ्रेपलाञ्चोकमा ४६, धादिङमा ४५, सिरहा र रसुवामा ४०/४० जना कोरोना संक्रमित थपिएका छन् ।तनहुँमा ३७, सिन्धुपाल्चोकमा 33, रोल्पामा २९, सप्तरीमा २६, बैतडीमा २५, कञ्चनपुरमा २४, महोत्तरीमा २३, डोटीमा २२, कपिलवस्तुमा १९, नवलपरासी पूर्व, बाँकेमा १२ तथा धनकुटा, रौतहट, रामेछाप र दैलेखमा ११/११ जनामा कोरोना संक्रमण देखिएको छ ।
यस्तै ओखलढुंगा, र अछाममा ९/९ जना, बारा, अर्घाखाँची, गुल्मी र जुम्लामा ८/८ जना, इलाम, उदयपुर र बर्दियामा ७/७ जना, भोजपुर र पर्सामा ५/५ जना, सोलुखुम्बु र कालिकोटमा ४/४ जना, तेह्रथुममा ३, खोटाङ,ताप्लेजुङ, संखुवासभा, प्युठान र रूकुम पश्चिममा २/२ जना तथा पाँचथर र सल्यानमा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।यस्तै १० वर्षमुनिका १०५ बाबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
कमेन्ट गर्नुहोस्